तौल घटाउन मन छ ? पिउनुहोस् यस्तो चिया

लोकखबर
१३ फाल्गुन २०७६, मंगलवार १०:३१

पुदिना भन्नेबित्तिकै हामीलाई अचारको याद आउँछ । पुदिनाको अचार खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ । यस्तै, पुदिनाको अचार मात्र होइन, चिया पनि निकै फाइदाजनक मानिन्छ ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ बनाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ । तपाईंलाई पनि मोटोपनले सताएको छ र तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको चिया ।

यसको सेवनले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत गर्दछ । पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ ।

कसरी बनाउने पुदिनाको चिया

तातो पानीमा केही पुदिनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वादअनुसार मह हाल्नुहोस् । यसरी तयार हुन्छ पुदिनाको चिया

पुदिनाको चियाका फाइदा

पुदिनालाई प्रयोग गरेर टुथपेष्ट, चुइङ्गम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । धेरैले पुदिनालाई माउथ फ्रेसनरको रूपमा मात्र चिन्छन् । तर, स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् ।

दूध चुसाइरहेका महिलालाई उपयोगी

दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदिनाको तेलले त्यस्तो पीडा कम गर्छ ।

डिप्रेसन र थकान घटाउँछ

यसले दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ । डिप्रेसनको समस्या छ भने पुदिना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग मिल्छ ।

छालाको हेरचाह

यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ ।

पाचन प्रक्रियामा सहयोगी

पुदिना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडीबुटी हो । यदि अपचको समस्या भएमा एक कप पुदिनाको रस पिउने हो भने समस्या समाधान हुन्छ ।

टाउको दुखाइ निको पार्छ

पुदिनाको ताजा पातले टाउको दुखाइ र थकानको समस्या समाधान गर्छ । पुदिनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ । पुदिनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाइ पनि निको हुन्छ ।

श्वासप्रश्वासको समस्या हुन दिँदैन

यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैन ।

दम निको पार्छ

पुदिनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*