दिल खोलेर हाँस्नोस्, यस्ता छन् फाइदै फाइदा
मकवानपुर । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।
यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।
दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको तनाव कम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि गर्दछ ।
हाँसोले मानिसको ब्यक्तित्व समेत झल्कन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता छन् हाँस्दा ७ फाइदा स्
१. शरीरलाई आराम
हाँस्दा शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै यसले मांसपेशीलाई आराम दिलाउँछ । यसले शरीरलाई पुर्ण आराम गर्दछ ।
२. प्रतिरोधी क्षमतामा वृद्धि
अधिक तनाव हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । तर हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणबिरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ ।
३.तनाव भुलाउन सहयोगी
हाँस्ने मानिसहरुमा इन्डोर्फिन नामक रसायन वृद्धि हुनुका साथ तनाव र अनावश्यक चिन्ता कम हुन्छ ।
यसले मानिसलाई धेरै हदसम्म पीडा भुलाउन सहयोग गर्दछ ।
४. मुटुको रक्षक
हाँस्दा रक्तनलीमा सुधार भई रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटु रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।
५. वजन घट्दछ
दैनिक ४५ मिनेट हाँस्नाले निकै धेरै मात्रामा क्यालोरी कम हुन्छ । १० मिनेट मात्र हाँसेमा पनि ४० क्यालोरीसम्म घटाउन सकिन्छ ।
६. प्रसन्न बनाउँछ
हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मानिसलाई प्रसन्न पार्दछ ।
हाँस्ने बानीको बिकास गर्न सकेमा हर प्रकारका अप्ठ्यारासंग जुध्ने क्षमतामा वृद्धि हुन्छ ।
७. आयु बढाउँछ
नहाँस्ने भन्दा हाँस्ने मानिसको आयु बढि हुन्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ धेरै बाँचेको बिभिन्न अध्ययनहरुले पुष्टि समेत गरेको छ।खबरहब डटकमबाट