कोरोना संक्रमणको त्रास – भारत जानेले १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १२:१३

मकवानपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले महत्वपूर्ण कदम चालेको छ ।

भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो ।

तर भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको जानकारी गराइएको छ ।

तर संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ ।

जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ । चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फेर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ ।

भारतमा कोरोना भाइरसका ६० केस आएका छन् । जबकी विदेशबाट आउनेवाला लगभग १० लाख भन्दा धेरैको स्क्रीनिङ गरिएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*