सबै फर्निचरका लागि हेटौंडामा खुल्यो ‘रोयल फनिर्चर सप्लायर्स’
मकवानपुर । हेटौंडा १० स्थित टीसीएनरोडमा रोयल फर्निचर सप्लायर्स संचालनमा आएको छ । संचालकका हजुरबुबा बहादुर थापा मगरले रिबन काटेर फर्निचर उद्घाटन गरे ।
हेटौडा १० बाट द केबी डेकोर हाउस र मेनरोडमा रोयल केवी फर्निचर एण्ड फर्निसिंग हाउस संचालनसंगै रोयल फर्निचर पनि संचालनमा ल्याइएको सप्लायर्समा फर्निचर, डेकोर सेवाको सामग्रीहरु कार्पेट, दराज, सोफासेट, डोरम्याट, ह्याङ्गर, पलङ, टेबल कुर्सी, प्लास्टिकका कुर्सीहरु लगायतका सामाग्रीहरु पाइने र अर्डर अनुसार पनि फर्निचरका सामाग्रीहरु निर्माण गरिने सञ्चालक शुभजंग थापाले बताए । करिब ४० लाखको लगानीमा फर्निचर सप्लायर्स सुरु गरिएको सञ्चालकहरु बताउँछन् ।
उद्घाटन कार्यक्रममा नेपाल मगर युवा संघ जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष उपेन्द्र राना मगर लगाएतको उपस्थिति रहेको थियो ।












































