ठमेलको होटेलमा लगेर किशोरीमाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ

लोकखबर
२ चैत्र २०७६, आईतवार १४:२८

मकवानपुर ।ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी  (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही छन् ।

प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई ललाई–फकाई काठमाडौं महानगरपालिका–२६ अमृतमार्ग (ठमेल)को होटलमा लगेर बलात्कार गरेका थिए ।

शाहीले आफूमाथि बलात्कार गरेको भन्दै पीडित युवतीले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका शाहीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*