दुई थान पेस्तोलसहित एक जना पक्राउ

लोकखबर
३ चैत्र २०७६, सोमबार १५:२२

मकवानपुर ।सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*