कस्तालाई भटमास हानिकारिक ?

लोकखबर
५ चैत्र २०७६, बुधबार १०:१७

हामीमध्ये धेरैलाई भटमास मनपर्छ होला । गेडागुडी रुचाउँने मान्छे धेरै हुन्छन् । हुन त मानिसको आफ्नै आफ्नै शोख हुने गर्छ के कस्तो खानेकुरा खाने भनेर । कोहीलाई माछामासु औधी मनपर्छ, कोहीलाई फलफूल त कोहीलाई गेडागुडी असाध्यै मनपर्ने गरेको पाइन्छ ।
धेरैलाई मनपर्ने गेडागुडी भटमास कतिपयलाई भने मन नपर्नसक्छ । दक्षिण एसियामा पाईने भटमासलाई प्रोटिनको स्रोत मानिन्छ । साथै, भटमासमा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै महत्वपूर्ण हुन्छ ।
सबैलाई भटमासले फाइदा नै गर्छ भन्ने पनि छैन । धेरै शारीरिक व्यायाम गर्ने तथा शरीरका लागि अत्यधिक प्रोटीन चाहिने ब्यक्तिका लागी अत्यन्त फाइदाजनक भटमास केहि रोगका बिरामीका लागी भने हानिकारक हुन्छ । भटमासमा हुने ट्रान्स फ्याटले हाई कोलेस्ट्रोल तथा मुटुको रोग समेत निम्त्याउँन सक्छ ।

कस-कसले खानु हुदैन न त भटमास ?
१. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले भटमास खानु हुदैन । भटमासमा पाइने एमिनो एसिडले यस्ता महिलालाई रिंगटा लगाउने तथा दुध पिउने शिशुमा अपच हुने समस्या निम्तिन्छ ।
२. छालाको रोग भएकाहरुले पनि भटमास खानु हुदैन । यस्ता मानिसले भटमास खाएमा छाला सम्बन्धी रोगका साथै चिलाउने समस्या आइपर्छ ।
३. भटमासमा हुने फीटोएस्ट्रोजन नामक केमिकलले मिर्गौला सम्बन्धी रोग भएका ब्यक्तिलाई नकारात्मक असर पार्दछ । यो केमिकलले किड्नी फेल हुने खतरा हुन्छ ।
४. मूत्राशयको क्यान्सर भएका ब्यक्तिले पनि भटमास खानु हानिकारक हुन्छ ।
५. मधुमेह लागेका ब्यक्तिले पनि भटमास खानु हुदैन । भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ।
यसर्थ, भटमास कसले खान हुने कसले नहुने भन्ने जानेर फाइदा हुनेले मात्र खानु राम्रो मानिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*