४ सय ९६ जनाको स्वास्थ्य परीक्षण, १ जनाबाहेक अरुमा कोरोना सङ्क्रमण देखिएको छैन : मन्त्रालय

लोकखबर
५ चैत्र २०७६, बुधबार ११:०२

मकवानपुर ।नेपालमा चार सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा एक जनाबाहेक अरु सबैमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नपाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ती व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना सङ्क्रमित नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

यसैबीच काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि चार जना आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

अहिलेसम्म डाक्टरको निगरानीमा राखिएका ५२ जनालाई कोरोना नभएको पाइएपछि घर पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।

साथै सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वयंसेवक परिचालनको लागि सबै पालिका र वडामा स्थानीय समन्वय समिति गठन गर्न सरकारले निर्देशन दिएको छ ।

समितिमा शिक्षक, विद्यार्थी र कर्मचारीलाई राखेर स्वयंसेवकको रुपमा परिचालन गर्न पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको सूचनामा भनिएको छ ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*