काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ

लोकखबर
५ चैत्र २०७६, बुधबार १४:२७

मकवानपुर । प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्सिज नामक कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई बढी मूल्यमा बेच्ने उद्देश्यले गोदाममा लुकाएर राखेका थिए ।

न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले खबरहबलाई जानकारी दिए । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*