२५ जना भन्दा बढी सहभागी हुने भएपछि संसदीय समिति बैठक स्थगित
मकवानपुर । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बैठकमा २५ जनाभन्दा बढी सहभागी हुने भएपछि स्थागित गरिएको हो ।
समिति सभापति शशी श्रेष्ठले सरकारले जारी गरेको निर्देशन अनुसार २५ भन्दा बढी भेला हुन नपाइने तर, बैठकमा त्यो भन्दा बढी सहभागी भएको भन्दै बैठक स्थगित गरेकी हुन् ।
बिहीबार सिंहदरवारमा बसेको बैठकमा ४० जना बढी सहभागी थिए । केहीबेर बैठक बसेपछि सांसदहरुले सरकारले जारी गरेको २५ जना भन्दा बढी एकै स्थानमा भेला हुन नपाइने निर्देशन सभापति श्रेष्ठलाई सम्झाएका थिए । त्यसपछि सभापति श्रेष्ठले बैठक स्थगित गरेकी हुन् ।
समिति बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दर्ता गरेको संघ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक २०७५, माथि छलफल गर्ने कार्यसूची थियो ।
सरकारले कोरोना भाइरसबाट बच्न भन्दै बुधबार २५ जनाभन्दा बढी भेला नहुन भनेर निर्देशन जारी गरेको थियो । त्यो निर्देशनको पालना राज्य व्यवस्था तथा सुशासन समितिले गरेको हो ।
तर अन्य समितिहरुबो बैठक भने बिहीवार बसेका थिए । संसदका विधायन व्यवस्थापन समिति, कानुन न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बसेका थिए ।
खबरहब डटकमबाट