सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १०:४७

मकवानपुर । कोभिड–१९ अर्थात् कारोना भाइरस संक्रमणविरुद्ध उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने भएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

बाह्रविसेमा एक शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइ सकिएको र अन्य स्थानमा केही दिनभित्रै सञ्चालनमा ल्याउने उनको भनाइ थियो ।

विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्था लगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा बढी क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।

चापागाईँका अनुसार यास्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*