कोरोना कहर :

कोरोना संक्रमण जोखिम रोक्न सशस्त्र प्रहरी परिचालित

लोकखबर
१६ चैत्र २०७६, आईतवार ०६:५९

मकवानपुर । चीनको वुहाउनबाट सुरु भएको कोरोना भाइरस ( कोभिड १९ ) को नेपाल पनि संक्रमणको जोखिममा रहेकाले अहिले देशैभर सशस्त्र प्रहरी बल परिचालित भएको छ ।
सरकारले घोषणा गरेको लक डाउन नागरिकमा पूर्ण पालना गराउँन तथा सीमा क्षेत्रमा निगरानीको कार्य अहिले उनीहरुले गरिरहेका छन् ।
स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्दारमा खटिनका लागि पाएको निर्देशन बमोजिम अहिले सशस्त्र प्रहरी खटिएका छन् ।
जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको सशस्त्र प्रहरीले जनाएको छ ।
‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानिय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगायतका कार्य गरिरहेको छ ।
सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेस्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन्।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतकाकार्यहरु समेत गरिएका छन् ।
सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लकडाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*