भीमफेदीमा विदेशबाट फर्किएकाको स्वास्थ्य परीक्षण

रामकुमार दानी
१७ चैत्र २०७६, सोमबार १०:०९

मकवानपुर । भीमफेदी गाउँपालिकाले चैतको सुरुदेखि अहिलेसम्म पालिकाभरका विदेशबाट घर फर्किएकाहरुको तथ्यांक सार्वजनिक गरेलगत्तै उनीहरुको घरघरमै पुगेर ज्वरो तथा शरीरको तापक्रम परीक्षण गरेको छ ।

गाउँपालिकाले डा.सुनील थापा, स्वास्थ्य संयोजक रामनाम थिङ, स्वास्थ्य सम्बन्धि निकायका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली नै बनाएर घरघरमै पुगी शरिरको तापक्रम मापन तथा स्वास्थ्य परामर्शको काम सुरु गरेको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि लगाइने पीपीई उपलब्ध गराईएपछि विदेशबाट घर फर्किएर घरमै सुरक्षित साथ बसिरहेकाहरुको शरीरको तापक्रम तथा स्वास्थ्य अवस्था बुझ्न चिकित्सक सहितको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली खटिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट घर फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुमा भएको अन्य समस्या पहिचान गरी आवश्यक उपचार चाहिएमा सुरक्षित क्वारेन्टाइन तथा आइसोलेसनमा सिफारिस गरिने अध्यक्ष लामाले बताए ।

हिजोबाट सुरु गरिएको स्वास्थ्य परिक्षण तथा कोभिड १९ का बारेमा चेतनामूलक कार्यक्रमले गाउँपालिकाभर निरन्तरता पाउँने अध्यक्ष लामाले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*