हेटौंडा ४ मा विपन्नलाई खाद्यान्न सहयोग

लोकखबर
२१ चैत्र २०७६, शुक्रबार १०:३१

मकवानपुर । मकवानपुरको हेटौंडामा कोरोना प्रभावका कारण दैनिक जीवन गुजारा गर्न समस्या समस्या पर्नेलाई सहयोग हुन थालेको छ ।
हेटौंडाका विभिन्न वडा वडामा पुगेर सहयोगीले दैनिक ज्यालादारी गरी घर चलाउँदै आएका परिवारलाई सहयोग गरेका छन् ।
हेटौंडा ४ मा दैनिक ज्याला मजदुरीबाट जिविकोपार्जन गर्ने विपन्न परिवारलाई नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा ४, मदन भन्डारी स्पोर्ट्स एकेडेमी, युवा क्लब लगायत सामाजिक संघसंस्थाहरुको समन्वयमा आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको हो ।
दाल,चामल,नुन,तेल,साबुन, मच्छड धुप आदि लगायत आवश्यक सहयोग गरिएको सहयोग अभियानका अभियन्ता शिवहरी दाहालले जानकारी दिए ।
हेटौंडा ४ का व्यवसायी बब्लु पान्डे लागायतको सहयोगमा विपन्नको घरपरिवारलाई आवश्यक खाद्यान्न लगायत सहयोग गरिएको दाहालले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*