लक डाउनको एघारौं दिन : हेटौंडा बजार केही खुकुलो, उपभोक्ता बजारमा

रामकुमार दानी
२१ चैत्र २०७६, शुक्रबार २०:२४

मकवानपुर । विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९ ) संक्रमणको जोखिम नियन्त्रणका लागि गरिएको लक डाउनको एघारौं दिन आज (शुक्रबार) हेटौंडा बजार केही खुकुलो देखिएको छ ।
लकडाउनको अरु दिनको तुलनामा आज सामान्य चहलपहल देखिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको बैठकले लक डाउनका कारण दाल, चामल, नुन, तेल तथा तरकारीजन्य बस्तु अभाव नहोस् भनेर विहान १० बजेदेखि दिउशो ३ बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्ने निर्णयसंगै दिउशो बजार खुकुलो भएको हो ।
आज हेटौंडाको तरकारी पसलमा तरकारी किन्दै गरेका सर्वसाधारणले सरकारले गरेको लक डाउन आफूलाई चित्त बुझेको प्रतिकृया दिए । समयमै सरकारले थालेको लक डाउनको कार्य प्रभावकारी भएको र लक डाउनकै कारण कोरोनो संक्रमणको जोखिम नियन्त्रणमा लिने सरकारी प्रयास सफल भइरहेको उनीहरुले बताए ।
आफूहरु रहरले नभई बाध्यताले बजार आउँनु परेको बताउँदै सर्वसाधारणले लक डाउन प्रभावकारी बनाउँन आफूहरुले पूर्ण पालना गरेको बताए । ‘हामी पनि रहरले होइन, बाध्यताले बजार आउँनु परको छ ।’ उनीहरु भन्छन्,‘ अर्काको घरमा बसेका छौं । बजार आएर सामान नकिनी हाम्रो घरमा चुल्हो बल्दैन ।’ सरकारले लगाएको लक डाउनलाई चुनौती दिन बजार आएजस्तो देखिनसक्ने भन्दै उनीहरुले दैनिक उपभोग्य बस्तु आवश्यक परेकाले मात्र बजारसम्म आउँनु परेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*