बिचल्लीमा परेका पैदलयात्रीलाई खाना

मकवानपुर । देश लक डाउन भएका कारण समस्याका कारण समस्यामा परेका पैदलयात्रुलाई हेटौंडामा लायन्स क्लव अफ मकवानपुरले खाना खुवाउने व्यवस्था गरेको छ ।
लक डाउनका बेलामा सवारी नपाएर पैदल हिडेरै आफ्नो घर हिडेका पैदलयात्रीलाई हेटौंडाको चौकीटोलमा खाना खुवाउने व्यवस्था मिलाइएको हो ।
काठमाडौंबाट पैदल हिडेर हेटौंया हुँदै घर जान लागेकालाई खाना खुवाउनुका साथै आवश्यक परेकालाई कपडा तथा जुत्ता समेत सहयोग गरिएको लायन्स क्लव अफ मकवानपुर ३२५ का पीपीई रविन्द्र घिमीरेले जानकारी दिए ।