हेटौंडामा आजबाट कडा होला लक डाउन ?

लक डाउन पूर्ण पालना गराँउन प्रशासन चुकेको गुनासो
रामकुमार दानी
३१ बैशाख २०७७, बुधबार ०७:४५

मकवानपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहनका लागि सरकारले देशभर जारी गरेको लकडाउनको ५१ औ दिन पुगेको छ ।

अति आवश्यक बाहेकका सबै किसिमका सेवाहरु बन्द रहेको अबस्थामा मकवानपुरको हेटौंडामा भने केही दिन देखि लकडाउन छ र ? भन्ने प्रश्न उब्जिएको छ ।

मकवानपुर जिल्ला कमान्ड पोस्टको निर्णय अनुसार विहान छ बजेदेखि नौ बजे सम्म अति आवश्यक खाद्यान्न, तरकारी तथा दूध जन्य पदार्थमात्र बिक्री वितरण गर्न पाइने भएपनि हिजोसम्म हेटौंडा बजारमा भने कस्मेटिक पसल, कपडा तथा खाजा नास्ता पसल खुलेको देखिएको छ ।

सरकारले जारी गरेको लकडाउनको अवज्ञा भइरहँदा पनि स्थानीय प्रशासन भने मौन बस्ने गरेको गुनासो आएको छ ।

जिल्लाको सामुदायिक प्रहरी कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेश प्रहरी कार्यलाय भयको ठाउँ ठानाभर्याङमा त झन सबै खालका पसल, वर्कसप लगायत दिनैभर संचालित भएको पाइएको छ । नेवारपानी, बस्तिपुर, बसामाडी, नवलपुर लगायतका ठाउँबाट दिनैभर राप्ती पुल सम्म अटो तथा मयुरी सन्चालनमा आइरहेका छन् । अटो मयुरीको राप्ती पुलमा चेकजाँच भएपनि मानिस बजार जाने र फेरी सोही अटो तथा मयुरीमा फर्कने गरेका छन् ।

देशमा संक्रमितको संख्या थपिइरहेको बेला तथा छिमेकी जिल्ला प्रभावित बनेको अवस्थामा मकवानपुर जोखिम रहेको छ । यो अवस्थामा लक डाउन अझ कडा बनाउँनै संक्रमण हुन नदिनु पर्नेमा मंगलबारसम्म खुकुलो बनेको हेटौंडा बजारमा आजबाट थप कडाई होला त ? नागरिकले प्रश्न गरेका छन् । लक डाउन पूर्ण पालना गराउँन प्रशासन चुकेको आरोप स्थानीयले लगाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*