स्वरोजगार श्रमिक संघ हेटौंडामा सीता तिमल्सिना

मकवानपुर । नेपाल स्वरोजगार व्यापार श्रमिक संघको हेटौंडा उपमहानगरपालिकामा सीता तिमिल्सिनाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कमिटी निर्माण गरिएको छ ।
संघका जिल्ला अध्यक्ष सूर्यप्रसाद ढुंगेलको अध्यक्षता तथा संघका केन्द्रीय सचिवालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज भवानी शर्माको प्रमुख आतिथ्यमा भेला भएको हो । कार्यक्रममा संघका बाग्मती प्रदेश कमिटी उपाध्यक्ष सनत ढकाल, हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष श्याम श्रेष्ठ, मकवानपुर उद्योग वाणीज्य संघका कार्य समिति सदस्य कृष्णप्रसाद ढुंगानाको आतिथ्यता थियो ।