स्वरोजगार दाना मिल तथा मासु सप्लायर्स उद्घाटन

मकवानपुर । स्वरोजगार बंगुर पालक कृषक समूहद्वारा संचालित दाना मिल तथा मासु सप्लायर्स उद्घाटन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीले रिबन काटेर दाना मिल तथा मासु सप्लायर्सको उद्घाटन गरेका हुन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको आर्थिक सहयोगमा तीन लाख पाँच हजार रुपैंया बराबरको डि फ्रिज, दाना पिस्ने मिल लगायतका सामग्री समूहलाई अनुदान स्वरुप प्रदान गरिएको छ ।
बंगुर पालनको क्षेत्रमा लामो समयदेखि समूह बनाएर काम गर्दै आएको स्वरोजगार बंगुर पालक कृषक समूहलाई हेटौंडा उपमहानगरपालिका र हेटौंडा उपमहानगरको ११ नम्बर वडा कार्यालयले बंगुर पालनका लागि सहज होस् भनेर राप्ती खोलाको किनारमा रहेको दश विगाह जमीन समेत छुट्याई दिएको बंगुर पालक समूहका व्यवस्थापक छेगुन लामाले बताए ।
बंगुर पालक समूहका अध्यक्ष देवेन्द्र राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जुना दाहाल, सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर लगायतकाको उपस्थिती थियो ।