स्वस्थ मुटुका लागि नियमित गरौं यी तीन योगासन

लोकखबर
५ श्रावण २०७७, सोमबार ०७:३९

फेरिदो जीवनशैलीले मानिसको खानपानमा अनियमितता हुने गरेको छ। जसले गर्दा मानव स्वास्थ्यमा थुप्रै खाले समस्या हुने गर्छन्। फेरिदो जीवशैलीले मानिसको मुटुमा पनि थुप्रै असर गरिरहेको हुन्छ।

त्यसैले हामीले केही महत्वपूर्ण योगआसन गरेर मुटुका समस्याबाट समाधान पाउन सक्छौं। योगले मुटु मात्र नभएर फोक्सोलाई पनि मजबुद बनाउँछ। जसले गर्दा स्वासप्रस्वासमा सहजता हुन्छ। यत्ति मात्र नभएर ब्लड प्रेसरको समस्या समाधानमा पनि योगासनको ठूलो भूमिका हुन्छ।

त्यसैले सधै यी तीन योगासन गर्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ।

शवासन

शवासन मुटुका लागि निकै राम्रो मानिन्छ। यो योगासन गर्दा जमिनमा चटाइ बिछ्याएर पिठीको बलमा पल्टिने। र, त्यसपछि दुबै खुट्टालाई फैलाएर खुट्टाको बिचमा अन्तर ल्याउने।

यस दौरान खुट्टाको पन्जा बाहिरतर्फ र कुरकुच्चा भित्र तिर हुनुपर्छ। त्यसपछि दुबै हातलाई शरीरबाट एक फिट टाढा लैजाने। हातका औला आकासतर्फ लैजाने। र घाटिलाई सिधा राख्ने।

त्यसपछि विस्तारै आँखालाई बन्द गर्ने र स्वास प्रस्वासमा ध्यान दिँदै एक चित्त भएर गन्दै जाने। एक पटक स्वास फेर्दा एक भन्दै सय पटकसम्म गन्ने। यो आसन गर्दा शरीरालई पुरै लुलो रुपमा छोड्नु पर्छ। शवासनको अर्थ भनेकै शव जस्तो हुनु हो।

त्रिकोणासन

मुटु स्वस्थ राख्नका लागि त्रिकोणासन निकै महत्वपूर्ण मानिन्छ। यो आसन गर्दा तौल पनि घट्न पुग्छ।

मोटा मानिसका लागि यो आसन निकै महत्वपूर्ण मानिन्छ। त्रिकोणासन गर्दा श्वास फैलिँदै छातिको गहिराइमा पुग्दै लयबद्ध हुन्छ।

यो आसन गर्नका लागि सबैभन्दा पहिला आफ्ना खुट्टाका पाउलाई चौडा गरेर सिघा उभिनुपर्छ। त्यसपछि आफ्नो मेरुदण्डको हड्डिलाई मोडेर आफ्नो हातको मुनी पार्नुपर्छ।

त्यसपछि आफ्नो दाहिने हातलाई माथि लैजानुपर्छ। त्यपछि आफ्नो दाहिने हातको औलातर्फ हेर्नुपर्छ। १५/२० सेकेन्डसम्म यो विधिलाई गर्नुपर्छ।

पवनमुक्तासन

पवनमुक्तासन एक निकै सहज आसन हो। यस आसनका लागि सबैभन्दा पहिला जमिनमा पिठ्ठिउको भरमा सुत्ने। र, शरीरलाई सिधा गर्ने। त्यसपछि गहिरो स्वास लिने र स्वास छोड्ने।

त्यसपछि आफ्नो दाँया घुडालाई छाति नजिक लैजाने र घुडालाई हातले समात्ने। र, छातिलाई जमिनबाट माथि उठाउने। अनी आफ्नो घुडोलाई समातेर पेटमा दबाउने। त्यसपछि दोस्रो पटक स्वास लिने र छातिलाई जमिनबाट माथि उठाउने।

त्यसपछि आफ्नो दाँया घुडोले चिउडो छुने। यो आसन गर्दा स्वास छोड्ने समयमा घुडोलाई बलियोसँग समातेको हुनुपर्छ।  हेल्थपोष्ट नेपालबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*