काठमाडौंका १२ सहित ११९ प्रहरीमा कोरोना संक्रमण

लोकखबर
११ श्रावण २०७७, आईतवार १२:३२

हेटौडा । मुलुकका विभिन्‍न जिल्लाका ११९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

जसमध्ये दुई महिला र ११७ पुरुष छन् । संक्रमित प्रहरीमा काठमाडौंका १२, भक्तपुरका १, धनकुटाका २, मोरङका ५ , बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्‍चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ । कोरोनामुक्त भएका प्रहरीलाई नियमित कामकाजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*