भीमफेदीको ज्यालाटारमा निर्मित झोलुंगे पुल उद्घाटन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग, राडो नेपालको सामाजिक तथा प्राबिधिक सहयोगमा २५ लाखको लागतमा गाउपालिकाको वडा न. ३ र ४ जोड्ने ज्यालटारमा झोलुङ्गे पुल निर्माण भएको छ ।
ज्यालटार झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति मार्फत निर्माण भएको पुल शिलान्यास भएको मितिले ४१ दिनमा सम्पन्न भएको हो । निर्माण सम्पन्न भए लगतै पुलको एक कार्यक्रम बिच आज उद्घाटन भएको छ । ज्यालटार झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश्वर थिङको अध्यक्षता, भीमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता, गाउपालिकाकी उपाध्यक्ष पार्वती राना, प्रमुख प्रसासकिय अधिकृत जीवन कुवर को विशेष आतिथ्यता रहेको थियो ।
ज्यालटारमा पुल उद्धघाटन भ पछि आजैबाट सो ठाउमा रहेको तुइन भने बिस्थापन भएको छ । नेकपाको सरकार गठन भएपछी प्रधानमन्त्री केपी शर्मा वलीले ललितपुरको आस्राङमा बागमती खोलाको ललितपुर र मकवानपुर जोड्ने झोलुङ्गे पुलको उदघाटन गर्दै देशैभरी तुइन बिस्थापन गर्ने घोषणा गरेका थिए । सोही अन्तरगत आज एउटा तुइन बिस्थापन भएको गाउँपालिका अध्यक्ष लामाले बताए । ” जोस- जागर र इच्छाशक्ति भए असम्भव भन्ने नै छैन । भन्ने यो उदाहरण हो । ” लामाले भने । अध्यक्ष लामाले ज्यालटारबासी निर्माण उपभोक्ता समिती लगायत गाउपालिका टिम र प्राबिधिक सहयो गर्ने राडो नेपाल लगायतलाई धन्यवाद दिए ।
कार्यक्रममा भीमफेदी गाउपालिका वडा नम्बर २ का अध्यक्ष कासिराम बज्यु, वडा नम्बर ३ का अध्यक्ष पृतिलाल लामा, वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर पान्डे, गाउँपालिकाका योजना अधिकृत बद्री सापकोटा, राडो नेपालको कार्यक्रम सम्योजक विष्णु धिताल, प्राविधिक कृष्ण पान्डे, राजन दाहाल लगायतको उपस्थिति थियो ।