मन्डेकाजीलाई ५ लाखसहित सम्मान

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १०:५१

मकवानपुर ।१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ पाँच लाख रुपैयाँसहित सम्मानित भएका छन् ।

सागका दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठलाई गुड विल विल्डर्स र कर्मा कन्ट्रक्सन निर्माण कम्पनीले संयुक्त रुपमा ५ लाख रुपैयाँसहित सम्मन गरेको हो ।

उनलाई बिहीबार राष्ट्रिय युवा संघ, नेपालका नेता रमेश आचार्यको प्रमुख आतिथ्यमा ललितपुरस्थित होटल भिबान्टामा एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै नगद समान गरेको हो ।

सम्मानका लागि गुड विल विल्डर्स तथा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनले आर्थिक व्यवस्था गरेका थिए । त्यस्तै कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको सहभागिता थियो । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*