‘झिल्को’ ट्रेलर सार्वजनिक

डिजिटल कुलतबाट बालबालिकालाई हटाउने सन्देश
लोकखबर
२०८२ बैशाख १०, बुधबार १९:०६

विदुर–अहिलेको वर्तमान डिजिटल युगमा आधुनिकताको प्रभाव पर्दामा देखिने भएको छ । सामाजिक विषयवस्तुलाई सकारात्मक र जीवन्त रुपमा देखाउन सफल निर्देशक यादवकुमार भट्टराइको पछिल्लो चलचित्र ‘झिल्को’ चम्किने दिन आउंदैछ ।
नेपाली समाजको विषयवस्तुलाई पर्दामा उतार्न खप्पिस निर्देशक भट्टराइले यसमा डिजिटल कुलतबाट बालबालिकालाई हटाउने सन्देश समेटेका छन् । यस चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक र प्रदर्शन मितिसमेत तय भएको छ ।
यहि बैशाखको तेस्रो साता भट्टराइको ‘झिल्को’को मिति तय भएको हो । बैशाख १९ गते शुक्रवार रिलिज हुँदैछ ‘झिल्को’ ।
डिजिटल कुलतले बालबालिकामा पर्ने मनोसामाजिक असरको कथामा बनेको फिल्म ‘झिल्को’को मर्मस्पर्शी ट्रेलर युट्युबमा वुधवार सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत दर्शाउँछ ।
डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरको कथामा फिल्म बनेको बुझ्न सकिन्छ । बालिकाले विद्यालयमा मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ ।
वालवालिकालाई स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक तथा आफ्नां सन्तानबीच बढ्दो दूरीस्ता दृश्यलाई देखाइएको छ । विद्यालयमा मोबाइल फोन लिएर वालिकाले जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ ।
शीर्ष भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् । चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभिस श्रेष्ठलगायतको अभिनय छ ।
सफल निर्देशक यादवकुमार भट्टराईका अनुसार ‘झिल्को’ बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने सङ्कटबारे दर्शकलाई सचेत गराउने एक प्रयास हो । समाजलाई झिल्कोले केहि दिने निर्देशक भट्टराइको दावी छ । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्शाउन यो पृथक कथा चुनेको बताए ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा चलचित्र बनेको हो । कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य छन् ।
‘झिल्को’ बालबालिकामा डिजिटल कुलतको प्रभाव देखाउने परवेशमा तयार भएको छ । यसअघि ‘झोला’ र ‘भोर’ जस्ता चर्चित र सफल चलचित्र पस्केका निर्देशक भट्टराई ‘झिल्को’मा केहि नयां भएको वताउंछन् ।
युग परिवर्तनसंगै प्रविधि आफैँ खराब होइन । तर, यसको अनियन्त्रित र असावधानीपूर्ण उपभोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सन्देश ‘झिल्को’ ले दिन खोजेको निर्देशक भट्टराइको भनाई छ ।
सामाजिक धार समातेको ‘झिल्को’को कथा तथा पटकथा स्वयं निर्देशक भट्टराईले तयार गरेका हुन् । अरुणदेव जोशी र देव व्रतसँग मिलेर चलचित्र तयार पारेका हुन् भने यसका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य हुन् ।
‘झिल्को’लाईे झोला जस्तै दर्शकहरुले रुचाउने निर्देशक भट्टराइले वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको