चलचित्र अध्ययनरतलाई छात्रवृत्ति प्रदान

– ड्रोन दक्षता कार्यक्रम
लोकखबर
२०८२ श्रावण १५, बिहीबार २१:२०

बिदुर–चलचित्र अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । यसका साथै ड्रोन कयामेरा दक्षता कार्यक्रमसमेत सन्चालन गरिएको  छ ।

चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धनको उद्धेश्यले चलचित्र विकास बोर्डले चलचित्र अध्ययनरत २२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । वोर्डले प्रति विद्यार्थी  ५० हजार रुपैयाका दरले विहीवार ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।
यसैवीच, चलचित्र विकास बोर्डकै आयोजनामा “ड्रोन दक्षता कार्यक्रम २०८२“ सम्पन्न भएको छ । आयोजित ड्रोन क्यामेरा सम्बन्धि कार्यशालामा सहभागी २५ जनालाई वोर्डका अध्यक्ष दिनेश डिसीले दक्षता प्रमाणपत्र वितरण गरे ।
उनले नेपालको चलचित्र क्षेत्रले् विकास र परिवर्तन गरिरहेको वताए । अध्यक्ष डिसीले नेपालीहरुले आफ्नो मौलिकताको चलचित्र पाएपछि नेपाली चलचित्रलाई माया गर्ने क्रम वढेकोसमेत वताए ।
 


सर्वाधिक रुचाइएको