माण्डवीको अभिनयसहितको नयां गीत
बिदुर–चर्चित गायिका माण्डवी त्रिपाठीको आवाजमा नयां गीत सार्वजनिक भएको छ । त्रिपाठीको स्वर सजिएको र एकदमै नाचुँ नाचुँ लाग्ने यसपालीको तीज गीत बजारमा आइसकेको छ ।

लोकप्रिय संगीतकार विपिन आचार्यको संगीतसहित एरेन्ज रहेको उक्त उडायो रिवन वोलको आकर्षक गीतमा गीतकार सुमन बैरागी पण्डितको शब्द रचना रहेको छ । सो गीतको निर्देशन सुरेश काफ्लेले गरेका हुन् ।

उक्त नयाँ तीज गीतमा सुरेश काफ्लेकै छायाङ्कन रहेको छ । सो गीतमा भक्तपुरको चर्चित डोलेश्वर मन्दिर र काभ्रेको पनौती लगायतका विभिन्न आकर्षक स्थानको दृश्य समावेश गरिएको छ ।

चर्चित टिकटकर सुप्रभा अधिकारीको अभिनय रहेको सो गीतमा माण्डवी त्रिपाठीको समेत अभिनय रहेको छ । उक्त गीत सुरेश काफ्लेकै अफिसियल युट्युब च्यानल चिलगाडी फिल्म्सबाट रिलिज भएको छ ।

२०६३ सालमा रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरेपछि माण्डवीले यस अवधिमा लोक, आधुनिक, भजन, तीज तथा देउडा गरि हजारौं गीत गाइसकेकी छन् । यहि वर्ष यो उडायो रिवन संगै उनको दोश्रो तीज गीत सार्वजनिक भइसकेको छ ।

माण्डवीका चर्चित गीतहरुमा सिम्पल सिम्पल कान्छीको, मेरो वारुले कम्मर लचक्कै, ढल्क्यो ढल्क्यो जोवन मेरो, मात लाग्योलगायत रहेका छन् । माण्डवीका परिवारै नेपाली गीतसंगीतमा क्रियाशील छन् ।












































