बल्छी ध्रुवेले सुरु गरे चलचित्र निर्देशन

– गोबर गणेशको शुभमुहर्तसंगै छायांकन सुरु
लोकखबर
२०८२ भाद्र ४, बुधबार १९:१९

बिदुर–चर्चित हास्य कलाकार बल्छी धुर्बे अर्थात् मरिचमान श्रेष्ठले चलचित्र निर्देशन सुरु गरेका छन् । उनले आफ्ना्े डेव्यु फिचर फिल्म ‘गोबर गणेश’को शुभमुहूर्तसंगै छायांकन सुरु गरेका हुन् ।
श्रेष्ठको निर्देशनमा हास्य पारिवारिक चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएसंगै छायांकन सुरु गरिएको हो । काठमाडौंको म्हेपी मन्दिरमा ‘गोबर गणेश’को चलचित्रको शुभमुहूर्त गरि छायांकन सुरु गरिएको हो ।

डेढ दशकदेखि कलाकारितामा क्रियाशील वल्छी ध्रुवेले यसअघि, मेरी वास्सै, हल्का रमाइलो, जुठेलगायतका हास्य तथा पारिवारिक सामाजिक टेलिसिरियल निर्देशन गरिसकेका छन् । आफ्नो लक्ष्य र योजनालाई सार्थक दिन चलचित्र ‘गोबर गणेश’को निर्देशन सुरु गरिएको उनले वताए ।
यसमा उनकोसमेत मुख्य भुमिका रहेको छ । चलचित्रको छायांकन ३५ दिनमा गरिसकिने तयारी रहेको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ । करिब ३३ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

काठमाडौको विभिन्न स्थानमा २५ दिन र पोखरामा आठ दिन छायांकन गरिने कार्य तालिका रहेको निर्माण पक्षले जनाएको छ । काठमाडौंबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ ।
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै चलचित्रको सट लिनुका साथै केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडेर र कलाकार रवि गिरीले क्ल्याप हानेर एर शुभमुहूर्त गरिएको हो ।
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण गरिने चलचित्र ‘गोबर गणेश’को कलाकारहरुमा वल्छी ध्रुवेसंगै वर्षा सिवाकोटी, माओत्से गुरुङ, विल्सनविक्रम राई, सीतादेवी तिमल्सिना, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानियाँ, सन्दीप लामा, र पुजन घिमिरे (पुकु) लगायतका कलाकारहरु रहेका छन् ।

“हामीले चलचित्रमा हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ ।” निर्देशक श्रेष्ठले अगाडि भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।”
मरिचमान श्रेष्ठ वल्छी ध्रुवेको निर्देशनमा छायांकन भइरहेको ‘गोबर गणेश’ आगामी माघ १ गते विहीवार रिलिज मिति तोकिएको छ । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो ।
‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि टेलिचलचित्र लेखन, निर्देशनमा आएका थिए । उनका टेलिचलचित्रहरु ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ अहिले पनि लोकप्रिय रहेका छन् ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा योगेशकाजी शाहको पाश्र्वध्वनि, शंकर पाण्डेको निर्माण नियन्त्रण, शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादन रहनेछ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सो चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
नेपालमा उक्त चलचित्रको वितरण श्रीब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ । यो पारिवारिक हास्य सामाजिक चलचित्र हो, यसले समाजको विषयलाई समातेको निर्माण पक्षले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको