जनप्रतिनिधि तथा कर्मचारीलाई अभिमुखिकरण

– वित्तिय संघीयता र प्राकृतिक श्रोत वांडफांड सम्वन्धि जानकारी
लोकखबर
२०८२ आश्विन २, बिहीबार १६:१९

बिदुर – नुवाकोटको विभिन्न स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वित्तिय संघीयता र प्राकृतिक श्रोत वांडफांड सम्वन्धि जानकारी गराइएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई विभिन्न स्थानीय तहमा पुगेर राष्ट्रिय प्राकृति श्रोत तथा वित्त आयोगले उक्त अभिमुखिकरण प्रदान गरेको हो ।

उक्त कार्यक्रम नुवाकोटको विदुर नगरपालिका, तारकेश्वर गाउंपालिकालगायतका स्थानयि तहमा पुगेर सम्पन्न गरिएको छ । कार्यक्रमवाट जनप्रतिनिधि, स्थानीय तहका कार्यपालिका सदस्य तथा कर्मचारीको क्षमता अभिवृद्धि भई सेवा प्रवाहको गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

विदुर नपामा मेयर राजन श्रेष्ठ र तारकेश्वरमा गापा अध्यक्ष शिव अधिकारी अविरलको अध्यक्षतामा “वित्तीय संघीयता तथा प्राकृतिक स्रोत बाँडफाँड सम्बन्धि अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ, सदस्य विपिनराज निरौलालगायतले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई प्राकृतिक स्रोतको न्यायोचित बाँडफाँड र दिगो उपयोगीमा सहयोगका कार्यहरु, स्थानीयस्तरमा वित्तीय संघीयताको कार्यान्वयनमा योगदान पुग्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विभिन्न वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्य, नगर सभा सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बजेट निर्माण, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रियामा पारदर्शिता र कार्यक्षमता अभिवृद्धि भएको जनाइएको छ ।

तारकेश्वर गापामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिर्जना अर्याल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका तथा गाउ. सभा सदस्यहरु तथा कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहको सरकारबीच सहकार्य, समन्वय तथा सहजीकरणमा जोड दिइएको थियो ।


सर्वाधिक रुचाइएको