एकैपटक दुई सय विद्यार्थीलाई शैक्षिक सामग्री

– २३ विद्यालयका विद्यार्थीलाई हस्तान्तरण
लोकखबर
२०८२ आश्विन ३, शुक्रबार १९:४६

बिदुर- नुवाकोटमा एकैपटक दुई सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । दुई स्थानीय तहका २३ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एकैपटक शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।

दुप्चेश्वर र तादी गाउँपालिकामा रहेका ति विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई एकैपटक शैक्षिक सामग्री तथा सरसफाई सामग्री वितरण गरिएको हो । यसवाट विद्यार्थीहरुमा शैक्षिक जागरणको चेतना विकास भएको तादी गापाका वडाध्यक्ष अश्विनकुमार पाण्डेको भनाई छ ।
एकसय ९८ जना विद्यार्थीहरुलाई एकैपटक छात्रबृत्ति तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत वडाध्यक्षहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री, तथा सरसफाई सामग्री वितरण गरेका हुन् । दुप्चेश्वरको १२ र तादीको ११ गरि २३ वटा विद्यालयहरुमा अध्ययनरत मध्ये उक्त कार्यक्रमअन्र्तगत छनौट भएका छात्रछात्राहरुलाई एससीएआई अष्ट्रेलियाको आर्थिक सहयोगमा रुडेक नेपालद्वारा संचालित छात्रबृत्ति तथा जिविकोपार्जन कार्यक्रम अन्र्तगत शैक्षिक तथा सरसफाई सामग्री वितरण गरिएको हो ।
विद्यालयस्तरदेखि मावि तथा प्राविधिक शिक्षासम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयमै पुगेर विद्यार्थीहरुलाई सामग्रीहरु हस्तान्तरण गरिएको शिक्षा र सामाजिक गतिविधिमा कार्यरत रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।
उक्त विद्यालयमा अधिकांश तामाङ, शेर्पा तथा आदिवासी जनजाती समुदायका वालवालिकाहरु अध्ययनरत रहेको सहयोगी रुडेक नेपालका परियोजना अधिकृत हरि लामाको भनाई छ । उनका अनुसार विद्यार्थीहरुलाई नियमित अध्ययनमा सहजता तथा अभिभावकहरुको आर्थिक सरलताको उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको हो ।
यस कार्यक्रमले वालबालिकाको मात्र नभई उनीहरूका परिवारलाई आत्मनिर्भरका लागि प्रेरित गर्ने, तथा आर्थिक अवस्थाका कारण अनावश्यक पारिवारिक विछोडलाई रोक्न तथा बालबालिकाहरुलाई समाजमा सक्षम नागरिक बनाउन सहयोग गरेको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा सम्वन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी, गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उनीहरूले यस किसिमका कार्यक्रमहरूले बालबालिकाको भविष्य उज्ज्वल बनाउन ठूलो योगदान पु¥याउने बताएका छन् । शैक्षिक सामग्री वितरणले विद्यार्थीहरुले अध्ययनलाई निरन्तरता दिन सजिलो तथा शैक्षिक सामग्रीको अभावलाई कम हुने अभिभावकहरुलाई आर्थिक कठिनाई कम हुने र शैक्षिक सामग्रीको अभावका कारणले विद्यालय छाड्ने विद्यार्थीहरुको संख्यामा कमी आउनमा सहयोगी तथा महत्वपुर्ण भुमिका रहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको