तोकिएको भाडा दरमात्र लिन निर्देशन

– सरकारी दर अनुसार सन्चालन गर्न सहमत
लोकखबर
२०८२ आश्विन ६, सोमबार १९:५३

बिदुर-चाडपर्वको समयमा यात्रुहरुसंग वढि भाडा लिइएको गुनासो आएपछि सरोकारवाला निकायले तोकिएको भाडा दर मात्र लिन निर्देशन दिएको छ । यसका साथै तोकिएका कोटामा निर्दिष्ट भाडा दर छुट दिनसमेत निर्देशन दिइएको छ ।

नुवाकोटको विदुरमा सरोकारवालावीचको अन्र्तक्रियाले यातायात सन्चालकहरुले संघीय तथा वागमति प्रदेश सरकारले तोकिएको भाडादर मात्र यात्रुहरुसंग लिन निर्देशन दिएको छ । निर्देशन पालना नगरेको पाइएमा कानूनी कारवाही गरिने सहमति भएको छ ।

जिल्ला प्रशासन कायाृलय नुवाकोटमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायीहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विद्यार्थी, सर्वसधाारण तथा सरोकारवालाहरूको सहभागितामा वडादशैं–तिहार चाडपर्व लक्ष्यित विभिन्न सात वटा निर्णय गरेको छ ।
जसअनुसार यातायात सन्चालकहरुले संघीय तथा वागमति प्रदेश सरकारले तोकिएको भाडादर मात्र यात्रुहरुसंग लिनुपर्ने र त्यसको कार्यान्वयन गराउने, भाडामा विद्यार्थी, अपांगता भएका तथा ज्येष्ठ नागरिकहरुलाई तोकिएको छुट उपलवध गराउन कार्यान्वयन गर्ने, टिकट काटेर मात्र यात्रुहरु वोक्नुपर्ने, यातायात सन्चालन सम्वनिध कानुन पुर्ण रुपमा कार्यान्वयन गराउने निर्णय भएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाइले जानकारी दिए ।
यसका साथै, नुवाकोटका सम्पूर्ण यातायात व्यवसायीहरूले विद्यार्थी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूको लागि परिचय पत्रका आधारमा टिकट काउन्टरबाट छुट उपलब्ध गराइने ब्यबस्था गरिएको छ । स्थानीय अर्थात् लोकल यातायातहरूको हकमा परिचय पत्र देखाएर छुट उपलब्ध हुने ब्यबस्था गरिएको छ ।
यसका साथै बिदुर नगर भित्र  ५ किलोमिटर दुरीको भाडा दर बीस रुपैया कायम गरिएको छ । उक्त निर्णय सवैले कार्यान्वयन गर्ने र गराउनका लागि सहयोग गर्ने सर्वपक्षिय निर्णय भएको सप्रजिअ हुमागाइको भनाई छ ।


सर्वाधिक रुचाइएको