महिलाहरुलाई सिपमुलक प्रशिक्षण

– उपकरणसमेत प्रदान
लोकखबर
२०८३ असार २, मंगलवार ००:१०

बिदुर – महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनामउने उद्धेशयले नुवाकोटको बट्टारमा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । उनीहरुलाई प्रविधिसमेत हस्तान्तरण गरिएको छ । सामाजिक रुपान्तरण नेपालले महिलाहरुलाई लक्ष्यित गरीे कुखुरा पालन तालिम तथा प्रविधि हस्तान्तरण गरेको हो ।

३० जना महिलाहरु सम्मिलित सोे कार्यक्रममा बिदुर नगरपालिका ४, ५ र ६ नं वडाका महिलाहरुको सहभगिता रहेको थियो । ताालिमको समापन गर्दै सहभागी महिलाहरुलाई बिदुर नपाकी उपमेयर प्रभा बोगटीले प्रमाण पत्र प्रदान गरिन् । उनले सिप सिकेर व्यवहारमा उतार्न महिलाहरुलाई आग्रह गरिन् ।

तीन दिनसम्म सन्चालन गरिएको कुखुरा पालन सम्बन्धि प्रशिक्षण कार्यक्रम समापनका अवसरमा सहभागीहरूलाई कुखुराका चल्ला, दानापानीको भाडा हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई टेवा नेपालको वित्तिय सहयोग गरेको हो । कार्यक्रममा बिदुर नपा ४ का वडाध्यक्ष नीलमबाबु ढुंगेल, नं ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, बिदुर ४ का सामुदायिक मेलमिलापकर्ता सन्तोषप्रसाद खनाल, नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, आयोजक संस्थाकी अध्यक्ष लक्ष्मी प्रधान, उपाध्यक्ष सर्मिला थापामगर, सचिव अम्विका पौडेलनेपाललगायतले सिपको महत्वको विषयमा चर्चा गरेका थिए ।


सर्वाधिक रुचाइएको