महासंघ नुवाकोटमा गजुरेलको कार्यभार

– डेढ वर्षे कार्यकाल सुरु
लोकखबर
२०८३ असार २, मंगलवार ००:१७

बिदुर – डेढ वर्ष अगाडि नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा दुई जना अध्यक्षवीच वरावरी मत आएपछि कार्यकालसमेत वरावरी नै वांढेकामा डेढ कार्यकालको अध्यक्षमा रामहरि गजुरेलले कार्यभार सुरु गरेका छन् । निर्वाचन मण्डलले सहमति गरेर उनलाई डेढ वर्ष अगाडि नै २०८३ साल असार १ गतेदेखि कार्यकाल सुरु हुने गरि निर्वाचित भएको प्रमाणपत्र उपलव्ध गराएको थियो ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील गजुरेलले आगामी डेढ वर्षका लागि महासंघ जिल्ला शाखाको अध्यक्षको कार्यभार लिएका हुन् । सदरमुकाम विदुरस्थित महासंघको भवनस्थित कार्यालयमा सोमवार अध्यक्ष गजुरेलले पदभार ग्रहण गरेका हुन् । तीन वर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासंघको निर्वाचनमा दुईवटा टिमबीच चुनावी प्रतिष्पर्धा भएकोमा अध्यक्षमा भने दुवै उम्मेद्वारको बराबरी ३३/३३ मत पाएपछि आधा/आधा कार्यकाल नेतृत्व गर्नेगरी बाँडफाँडको सहमति गरिएको थियो ।

जसअनुसार नमराज सुवेदीको डेढबर्षे पहिलो नेतृत्व अवधि जेठ मसान्तमा समाप्ति भएसँगै गजुरेलले आफ्नो बाँकी समयको कार्यकालका लागि नेतृत्व सम्हालेका हुन् ।पदभार ग्रहण गर्दै अध्यक्ष गजुरेलले लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यामको हकहित, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै जनताको सुसुचित हुन पाउने मौलिक अधिकारका लागि संघर्ष गरिराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘नागरिक सरकार भनिएको अहिलेको राज्यसत्ताले गणतान्त्रिक शासन व्यवस्थामा पनि स्वतन्त्रता र न्यायको पक्षमा खबरदारी गर्ने दायित्व बोकेको सिंगो नेपाली प्रेस जगतमाथी अंकुश लगाउने षड्यन्त्रका विरुद्ध हामी अझैं लड्नुपर्नेछ’, अध्यक्ष गजुरेलले पत्रकारहरुसँग लोकतान्त्रिक व्यवस्थाबिरोधि कार्यविरुद्ध निडरताका साथ खबरदारी गर्न अपिल गरे ।


सर्वाधिक रुचाइएको