रुडेक नेपाल १७ औं वर्षमा

– शिक्षा र सामाजिक गतिविधिमा क्रियाशील
लोकखबर
२०८२ आश्विन ६, सोमबार २०:०१

बिदुर– सामाजिक र शैक्षिक गतिविधिमा क्रियाशील नुवाकोटको ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक नेपाल) १७ औ वर्षमा प्रवेश गरेको छ । वार्षिक साधारण सभाका अवसरमा संस्थाले सामाजिक, शैक्षिक र स्वास्थ्य गतिविधिहरुमा क्रियाशीलता अपनाइरहेकोजानकारी दिइएको छ ।

लिखुमा सोमवार आयोजित वार्षिक साधारण सभाको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले उद्घाटन गरे । उनले मानव जीवनमा स्वास्थ्य, शिक्षा र आयआर्जन महत्वपुर्ण रहेको र यसका लागि रुडेक नेपाल खटिरहेको वताए ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला पाठककेसीलगायतले सामाजिक गतिविधिमा चर्चा गरेका थिए । कार्यक्रममा रुडेक नेपालले वितेको १६ वर्षदेखि ग्रामीण विकास, जनसशक्तिकरण, शिक्षा, स्वास्थ्य, महिला उत्थान, कृषि तथा आयआर्जनलगायत विभिन्न क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष मीनकुमार केसीले वताए ।

उनका अनुसार साधारण सभाले संस्थाको विगतका कार्यको मूल्याङ्कन गर्ने, आगामी दिनका लागि कार्ययोजना तय गर्ने तथा ग्रामीण समुदायको सशक्तिकरण र विकासमा थप टेवा पु¥याउने उद्देश्य राखेको छ । सस्थाले हाल तादी, दुप्चेश्वोर र पन्चकन्या गाउंपालिकाको बिभिन्न बिद्यालयका दुई हजार जना विद्यार्थीहरुलाई कक्षा १२ सम्म छात्रबृत्ति उपलब्ध गराई रहेको छ ।


सर्वाधिक रुचाइएको