देवीघाटमा विपद प्रतिकार्य अभ्यास
बिदुर – विपद न्युनीकरणप्रति सचेतना फैलाउंदै नुवाकोटको देवीघाटमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जनचेतनामूलक कार्यक्रमसहित त्रिशूली र तादी नदीको संगमस्थल देवीघाटमा “अभ्यास मनसुन–६” सम्पन्न्न गरिएको हो । कार्यक्रममा विपदको न्युनीकरणका विषय, प्रतिकार्य अभ्यास, जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

सेनाको शेर गण, नुवाकोटको आयोजनामा बिदुर नगरपालिका ५ देवीघाटमा विपद् प्रतिकार्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम “अभ्यास मनसुन–६” समपन्न भएको हो । यस कार्यक्रममार्फत मनसुनजन्य विपद् व्यवस्थापन, उद्धार तथा पूर्वतयारी सम्बन्धी अभ्यास गरिनेएको छ । आम सर्वसाधारण तथा सरोकारवाला उक्त कार्यक्रममा सहभागी भएका थिए ।

विपद व्यवस्थापनको पूर्वतयारी अन्र्तगत सचेतना फैलाउंदै र अभ्यास गर्दै उक्त कार्यक्रम सम्पन्न भएको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए । उनले यस प्रकारका कार्यक्रमलाई जोखिम न्युनीकरणमा सहयोगसिद्ध हुने अपेक्षा गरिएको वताए । विभिन्न सरोकारवाला निकायहरुको साझेदारीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा सञ्चालन गरिएको विपदको घटनाको नमूना अभ्यास, सूचना संकलन, खोज तथा उद्धार, उपचार, राहत वितरण तथा पुर्नस्थापना कार्यक्रम गरिएको हो । विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका पदाधिकारी, सदस्यहरु, अन्य जनप्रतिनिधि, विभिन्न युवा क्लव, सामाजिक संघसंस्था, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई आवस्यकता अनुसार अन्य स्थानमासमेत गरिने सेनाको शेर गणले जनाएको छ ।

















































