वीरगन्जमा थप १४३ जनामा कोरोना संक्रमण

लोकखबर
२३ श्रावण २०७७, शुक्रबार १५:०९

मकवानपुर । वीरगन्जमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा (आज) शुक्रबार १४३ जनामा कोरोना देखिएको हो ।

अस्पतालको अस्थायी कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार १४३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सबैभन्दा जिल्ला प्रहरी कार्यालयका थुनुवा र कर्मचारीहरु छन् ।

त्यसैगरी, एक निजी अस्पतालका चिकित्सक, नर्ससहित १५ जना संक्रमित भएका छन् । अन्य संक्रमितमा वीरगन्जका विभिन्‍न वडाका बासिन्दा रहेको उनले बताए ।

चारजना बारा र चारजना रौतहटका व्यक्तिसमेत संक्रमित रहेको अस्पतालले जनाएको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*