अब नेपाली फिल्म उद्योगहरुले पनि विश्व बजारसम्म पुग्ने तार्गेट राख्नुपर्छः नायक गौतम

लोकखबर
२७ माघ २०७८, बिहीबार १५:३३

एकै नजरमा माया बस्यो है दिपेशकिशोर भट्राईको म्यूजीक भिडियोबाट अभिनय सुरुगरेका अमिर गौतमले १० वटा ठुला पर्दाका नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका छन् । हाल आएर उनले हलिउडको ठुलो पर्दाको चलचित्र द म्यान फ्रम काठमाडौँ नामक फिल्ममा सहायक खलनायकको भूमिका निभाएका छन् । मूख्य खलनायक गुल्सन् ग्रोबर अभिनित चलचित्रमा उनको सहायक भुमिका रहेका छ । उनको पहिलो नेपाली कथानक चलचित्र चपलि हाईट १ हो भने त्यसपछि चपलि हाईट ३, मिसन पैसा २, बास्सा जुट, सरौँतो, दिलमा सजाँए तिमिलाईफाटेको जुता लगायत नेपाली कथानक चलचित्रमा अभिनय गरेका छन् । उनै नायक अमिर गौतमसंग लोक खबरका जी न्यौपानेले गरेको कुराकानीको सार संक्षेप ।

चपलि हाईट ३ फिल्म चल्दा चल्दै कोरोना ओमिक्रोनको कारण हल बन्द भयो । तपाईहरु त मर्कामा पर्नु भयो नि होइन ?

– हो हामी कलाकार तथा फिल्म निर्माता । फिल्म हल संचालक सबै मर्कामा परेका छन् । यो कोरोना भाईरसको जोखिमको समस्या विश्व व्यापि रुपमा रहेको छ । यो रमाईलो कुरा होइन । तर पछि यसको सामाधान हुने आसा छ । पहिलाको जस्तै हल संचालन हुने छ । हलहरु पूर्ण रुपमा संचालनमा आउने छ ।

कति लगानिमा चपलि हाईट ३ फिल्म बनेको हो, भन्न मिल्छ ?

-करिब डेढ करोडको लगानिमा चपलि हाईट ३ फिल्म बनेको हो जस्तो मलाई लाग्छ । यो निर्माताले बताउँने विषय हो । मलाई यस बारे त्यति धेरै जानकारी छैन ।

अर्जुनकुमारद्धारा निर्मित चलचित्र चपलि हाईट ३ मा तपाईं लगायत अरु को को छन् ?

-फिल्ममा अभिनित कालाकारहरु म लगायत स्वस्तीमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट, प्रतिक मान श्रेष्ठ मूख्य भुमिकामा रहेका छन् ।

चपलि हाईट ३ फिल्म कस्तो कथामा आधारीत फिल्म हो ?

-थोरै बहुत चपलि हाईट १ ल्फेबरमा छ । तर, थ्रिलर टाईपको फिल्म हो यो । फिल्म समाप्त भएता पनि दर्शकमा कौतुहलता भैरहन्छ ।

तपाईले अभिनय गर्नु भएको अमाजोनको द म्यान फ्रम काठमाडौँमा नेपाली कालाकार तपाई मात्रै हो ?

-त्यस फिल्ममा १० प्रतिशत नेपाली कालाकारहरु रहेका छन् । मुख्य खलनायको भुमिकामा बलिउड फिल्मका लिजेन्ट खलनायक गुलसन् ग्रोबर र एक जना पाकिस्तानी कालाकारले अभिनय गरेका छन् भने एक जना निर्माता नेपालकै छन् । अरु सबै निर्माता कालाकार अमेरिकन हुन् । यसको सम्वाद पनि अंग्रेजी भाषामै छ । यो नेपाली भाषामा पनि डविंग गरिएको छ ।

कहाँ कहाँको दृशयहरु छयांकन गरिएको छ फिल्ममा ?

-यो फिल्म काठमाडौँमै सुर्टिङ भएको हो । साथै अधिकांश सिनहरु अमेरिकामा पनि सुर्टिङ भएका छन् ।

तपाईंको रोल अमेरिकामा पनि थियो कि ? फिल्म कतिको दर्शकहरुले मन परायो त ?

-मेरो रोल नेपालकै थियो । सोही कारण अमेरिका जान परेन । फिल्ममा भने फिल्मको अन्तसम्मै मेरो अभिनय रहेको छ । रहयो कुरा फिल्म र दर्शकबीचको त्यो ठिकै चल्यो । अमाजोन प्राईम (अमेरिका) मा अहिले पनि यो फिल्म छ ।

नेपाली फिल्म जगत र हलिउड फिल्ममा के फरक छ ?

-उनीहरु सेडुअलनुसार काम गर्छन् । काममा सम्झैता छैन् । कथाले जस्तो सिन माग्यो त्यस्तै दिनु पर्छ । आनाकानी गर्न पाइदैन । उनीहरुले समयलाई प्राथमिकतामा राखेर काम गर्छन् ।

पारिश्रमिकको सवालमा चाही के फरक पाउँनु भयो ?

-उनीहरुले दिने पारिश्रमिक धेरै राम्रो छ । एकाउण्टेन सुर्टिङ स्पोटमै हुन्छ र काम सकिने वितिकै पारिश्रमिक दिन्छन् ।

नेपाली चलचित्रहरु तुलनात्मक रुपमा त्यति फस्टाएननी किन होला ?

-हाम्रो चलचित्रको क्वालिटि धेरै कम छ । हामी अन्तराष्ट्रिय बजारलाई तारगेट गरेर फिल्म बनाउँदैनौँ । अर्को कुरा अनुभव नबटुलिकननै फिल्म बनाउनेहरु धेरै भए । पैसाको बलमा फिल्म बन्ने तथा कालाकार हुँने कुराले गर्दाखेरी हामी नेपाली बजारमा मात्रै सिमित् रहेका छौँ ।

फिल्म निर्मान गर्न चाहने नयाँ निर्माताहरुले केके कुराहरुमा ध्ययान दिनुपर्छ ?

-सबै भन्दा पहिला फिल्म जगतलाई बुझ्नु पर्‍यो । यसका अचारसहिंताहरु, कानुनी कुराहरु र यसको मर्म बुझ्नु पर्‍यो । त्यसको साथ साथै कथा बस्तु पनि दम्दार हुनु पर्छ । कथा बस्तुले मागेको लगानि पनि निर्माता संग हुनुपर्छ । साथै कालाकारहरु पनि अनुभवी तथा दक्ष्य हुनुपर्छ । अस्वस्थ्य प्रतिस्पर्दा गर्नु हुँदैन । लगायतका अरु कुराहरु पनि छन् जो निर्माताले ध्यान दिनु पर्छ ।

नेपाल सरकारले तपाईहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

-नेपाल सरकारले यो क्षेत्रलाई उद्योगका रुपमा हेरेको जस्तो अहिले पनि मलाई लाग्दैन । यत्रो कोरोना कहरको समयमा सबै हलहरु बन्द भए । जस्को कारणले फिल्म निर्माता, कालाकार, हल संचालक लगायत सबैलाई ठुलो मर्का परेको छ । त्यो सुचि सरकारसंग छैन् । कम्तिमा निर्माताहरुलाई जोगाउने वातावरणको सिर्जना गरिदिएको भए कालाकार पनि बाँच्थे । हिजोका समयदेखि आजसम्म यो क्षेत्रमा सरकारको दृष्टिकोण त्यति भएको मलाई लाग्दैन ।

अब भावि योजनाहरु तपाईंको के कस्ता छन्, अरु कुनै फिल्मका लागि अफर आएको छैन् ?

-त्यस्तो योजनाहरु अहिलेलाई केहिपनि नरहेको तथा कोरोनाको जोखिमका कारण घरमै बसिबसाई भैरहेको छ । एक दुईवटा फिल्मका अफरहरु आएका छन् । कोभिड १९ को जोखिम कम भएपछि सबै हल संचालनमा आउँछन् र म पनि पहिलाकै काममा नियमित लाग्ने छु ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*