सहकर्तालाई अभिमुखिकरण
प्रभावकारी रुपमा कार्य सन्चालनमा जोड
विदुर–नुवाकोटको पञ्चकन्या गाउँपालिकामा किसान सूचिकरण कार्यक्रम सन्चालन भएको छ । यस सम्वन्धि किसान सूचिकरण सहजकर्तालाई अभिमुखिकरण प्रदान गरिएको छ ।
उक्त कार्यक्रमको सुरुवात गर्दै पन्चकन्या गापाकी उपाध्यक्ष विमला केसीले यसवाट किसान प्रवद्र्धन कार्यक्रम सन्चालन गर्न सहज भएको वताइन् । उनले प्रभावकारी . रुपमा कार्य सन्चालन गर्न सहजकर्ताहरुलाई निदेृशन दिइन् ।
कार्यक्रममा पन्चकन्या गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले यसवाट ग्रामीण भेगमा रहेका किसानहरुलाई विशेष सहयोग पुग्ने वताए । कार्यक्रममा गापाका कर्मचारीहरु तथा सरोकारवालाहरुको सहभागितामा किसान सुचिकरण कार्यक्रम सम्बन्धमा किसान सूचिकरण सहजकर्ताहरुलाई अभिमुखिकरण कार्यक्रम प्दान गरिएको हो ।












































