लायन्स क्लवको प्रमाण पत्र हस्तान्तरण

विदुर–सामाजिक कार्यमा सक्रिय लायन्स क्लव अफ नुवाकोट क्यापिटलको नुवाकोट संस्था स्थापनाको प्रमाण पत्र हस्तान्तरण गरिएको छ । सोही अवसरमा लोगोसमेत सार्वजनिक भएको छ ।
लायन्स क्लव अफ नुवाकोट आदर्श, नुवाकोट बाराही, नुवाकोट इन्द्रायणी र नुवाकोट सम्पदाको चार्टर संस्था स्थापनाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम वट्टारमा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन विनोद ढुंगाना, फस्ट भिडिजी लायन पार्वती खरेलपाण्डे तथा सेकेन्ड भिडिजी लायन सुर्यकुमार केसीलगायत डिस्ट्रिक्टका सिनियर लिडरहरुको उपस्थितिमा सम्पदा हस्तान्तरण भएको हो ।
लायन्स क्लव अफ नुवाकोट क्यापिटलका अध्यक्ष लायन केशव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा चौथो क्याबिनेट मिटिङको लागोसमेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालकोे चौथो क्याबिनेट मिटिङ यहि बैशाख २७ गते बट्टारबजारमा आयोजना गरिएको डिष्ट्रिक्ट कोर्डिनेटर तथा कार्यक्रम संयोजक अनुजकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार क्याबिनेट मिटिङमा देशभरिबाट करिब सातसय जना लायन लिडरहरु नुवाकोटको वट्टार आउने छन् ।