खनाल निर्देशित ‘के घर के डेरा घर नं २’को प्रदर्शन नजिकिदै

विदुर–पशुपतिप्रसाद व्र्राण्डका निर्देशक दीपेन्द्र के खनालको नयां चलचित्र ‘के घर के डेरा ः घर नं २’को प्रदर्शन मिति नजिकिदो छ । खनाल निर्देशित सो चलचित्रको प्रदर्शन मिति जति नजिकिदो छ ट्रेलर उत्तिकै लोकप्रिय हुदैछ ।
उनको चलचित्र ‘के घर के डेरा ः घर नं २’को ट्रेलर सार्वजनिक भएको दुई दिनमै धेरैले रुचाएका छन् । सोमवारसम्म सो ट्रलरको एक मिलेनियम भ्युज गइसकेको छ । सो चलचित्र आगामी जेठ २ गतेदेखि प्रदर्शनमा आउंदैछ ।
नेपालको गतिविधिलाई सफल रुपमा पर्दामा उतार्न सिपालु खनाल निर्देशित सो चलचित्रको ट्रेलरमा घर र डेराबीचको अन्तर देखाईएको छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको सार्वजनिक ट्रेलरमा घर नै सबैथोक र प्रतिष्ठाको प्रतीक हो भन्ने देखाउन खोजिएको छ ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरेको नकारात्मक पक्षलाई चलचित्रले देखाएको ट्रेलरमा उल्लेख छ ।‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ चपली हाइट, चंगाचेटजस्ता दर्जनौं समसामयिक कथामा चलचित्र बनाइसकेका निर्देशक खनालको चलचित्र ‘के घर के डेरा ः घर नं २’ आगामी जेठ २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।
चलचित्रमा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल वस्नेत, केकी अधिकारी, उपासना सिंहठकुरी, सिर्जना नापित, प्रकाश घिमिरे, सन्जोग रसाइली, रमेश वुढाथोकी, हरिहर शर्मा, गीता अधिकारी, शंकर आचार्य, गौरव विष्ट, सज्जन श्रेष्ठ र वालकलाकार रुविना घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले घर र डेराबीचको अन्तरको कथा प्रस्तुत गरेको ट्रलरमा देख्न सकिन्छ ।
यस चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन । उनको यो पहिलो चलचित्र हो । यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा भने युवराज कार्की रहेका छन् ।