सातौं लोकनृत्य प्रतियोगिता सम्पन्न

समूहतर्फ तामाङ डान्स र एकलतर्फ आर्या प्रथम
देवचन्द्र भट्ट
२७ बैशाख २०८२, शनिबार १३:४५

विदुर–नुवाकोटको त्रिशूलीमा ‘सातौँ खुल्ला लोक नृत्य प्रतियोगिता’ सम्पन्न भएको छ । यसवाट प्रतिभा पहिचानका लागि मद्धत पुगेको छ ।
नुवाकोटबाट प्रकाशन हुदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा स्पार्कल इन्टरनेशनल स्कुलको सहआयोजनामा ‘सातौँ खुल्ला एकल र सामूहिक लोक नृत्य प्रतियोगिता’ सम्पन्न गरिएको हो । विदुर नपा–९ कोलोनीस्थित स्पार्कल इन्टरनेशल स्कुलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा समूहतर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टर (जुनियर) प्रथम, सोही सेन्टरको (सिनियर) समूहले द्वितीय स्थान जितेको छ । सेई वोर्डिङ स्कुल छहरेको समूहले तृतीय स्थान जितेका छन् ।
उनीहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो । प्रथमले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तृतीयले नगद सात हजार रुपैया पुरस्कार थापेको छ ।
प्रतियोगिताको एकल विद्यातर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरकी आर्या कार्कीले प्रथम भई नगद ११ हजार एकसय ११ रुपैया, द्वितीय भएकी गुडविल एकेडेमी पिपलटारकी छात्रा विनु विकले ६ हजार ६ सय ६६ र तृतीय भएकी ओममाने पव्लिक स्कुल गेर्खुटारकी छात्रा स्मारिका विकले नगद तीनहजार तीनसय ३३ रुपैयाका साथ ट्रफी र प्रमाणपत्र पुरस्कार स्वरुप पाएका छन् । सोही कार्यक्रममा कला, संस्कृति, नृत्य, संगीतमा योगदान पु¥याएको जनाउंदै विविध क्षेत्रका व्यक्ति तथा संस्था गरि २५ जना व्यक्ति तथा संहयोगी संस्थाहरुलाई सम्मानित गरिएकोे छ ।
नृत्य, लोकसंगीत, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पु¥याउँदै आएका सञ्चारमाध्यमहरुलाई आयोजकका तर्फवाट मेयर राजन श्रेष्ठले सम्मानित गरेका हुन् । कार्यक्रममा विदुर ९ का वडाध्यक्ष हरेराम भण्डारी, विद्यालयका प्रिन्सिपल यादव अधिकारी, आयोजक किरणप्रसाद अधिकारी, प्याप्सनका प्रतिनिधि,समाजसेवी, कलाकारहरु, त्यस्तै जिल्ला तथा विभिन्न विद्याका कलाकारलगायत, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीको सहभागिता रहेको थियो ।
कलाकार सारिका घिमिरे तथा म्हेन्दोमाया र विभिन्न कलाकारहरूले कार्यक्रममा आआफ्नो गीत, संगीत तथा नृत्य प्रस्तुति दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले कला र पहिचानले समाज र देशकै गौरव वढाउने वताए ।
कार्यक्रममा मुख्य आयोजक किरणप्रसाद अधिकारीले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवद्र्धनमा यसखाले प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मेयर श्रेष्ठसहित नवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, भुमि समस्या समाधान समितिका सदस्य माधव रिजाल, उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सुन्दरादेवी सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक किरणप्रसाद अधिकारीलगायतले पुरस्कार प्रदान गरे ।
कार्यक्रममा गायन तथा नृत्य क्षेत्रका विभिन्न कलाकार, विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरु, कलाकारिता क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कला र संस्कृतिवाटै समुदायकको पहिचान हुने कार्यक्रममा सहभागीहरुले वताए ।