निर्माता संघको साधारण सभा

वोर्डका अध्यक्ष डिसीले गरे उद्घाटन
लोकखबर
२०८२ जेष्ठ ३१, शनिबार २३:११

विदुर-नेपाल चलचित्र निर्माता संघको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले समसामयिक र दर्शकका रुचिको नेपाली चलचित्रहरु तयार पारिने जनाएको छ ।

साधारण सभाको चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसिले उद्घाटन गरे । उनले नेपालमा व्यवसायिक रुपमा चलचित्र निर्माण, उत्पादन, प्रदर्शनका लागि विविध कार्यहरु वोर्डले गरिरहेको वताए । वोर्डकै अगुवाइमा चलचित्र छायांकन स्टुडियो सिनेपाको निर्माण सुरु हुनुका साथै केहि आवस्यक नीति, नियमहरु छिट्टैआउने क्रममा रहेको वताए ।

साधारण सभामा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष तथा् चलचित्र बिकास बोर्डका पनि पूर्व अध्यक्ष राजकुमार राईलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्ति तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, निर्माताहरुको सहभागिता रहेको थियो । साधारण सभाले सहकार्य, सहमति, समझदारीका साथ हातेमालो गर्दै चलचित्र निर्माणमा अघि वढ्ने प्रतिवद्दता जनाएको आयोजक तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।


सर्वाधिक रुचाइएको