विद्यार्थीहरुमाझ साहित्यिक प्रतियोगिता

विदुर–विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई क्षमता पहिचान गर्ने उद्धेश्यले नुवाकोटमा साहित्यिक प्रतियोगिता गरिएको छ । विदुरमा आयोजित कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले विद्यार्थीहरुबीच कविता लेखन र वाचन प्रतियोगिता सम्पन्न गरेको छ । कविता वाचन प्रतियोगितामा शुभेनियर बोर्डिड. स्कुल वट्टारकी शुलक्षणा कँडेल प्रथम भएकी छिन् ।
नुवाकोट ग्लोरी बोर्डिड स्कुलकी सदिक्षा भट्टलाई द्धितिय र ओममाने पब्लिक स्कुलकी स्मारिका बराईली तृतिय भएकी छिन् । प्रतियोगितामा अर्किड वोर्डिङ स्कुल वट्टारकी सुमिना रिमाल र स्पार्कल इन्टरनेशनल स्कुलकी आराध्या अधिकारीले सान्त्वना पुरस्कार हात पारेका छन् ।
प्याब्सन नुवाकोटमा आवद्ध विद्यालयमा अध्ययनरत २५ भन्दा बढि विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेता विद्यार्थीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
प्रमुख सिंहठकुरीले प्याब्सनले गरेको साहित्यिक गतिविधिले विद्यार्थीहरुमा चेतनास्तरको विकास हुनेसमेत वताए । उनले नीजि तथा सामुदायिक विद्यालयहरुको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने वताए ।
उनले अव आधुनिक, व्यवहारिक र प्रयोगात्मक शिक्षा आवस्यक रहेको वताए । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले साहित्यिक गतिविधिले साना विद्यार्थीमा हौसला थपिने भएको र अध्ययनमा उत्साहित हुने वताइन् ।
प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्मा भएको कार्यक्रममा विदुर १ का वडाध्यक्ष लेलिन रञ्जित, विदुर २ का वडाध्यक्ष दीपक कायस्थसहित संस्थागत विद्यालयका तर्फबाट अर्किड एकेडेमीका प्रमुख रामहरि रिमाललगायतले अव शिक्षा क्षेत्रमा परिवर्तन गरिनुपर्ने विषय वहस वनिसकेको वताए ।
कार्यक्रममा गत वर्षको एसइइमा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याएका दुई जना र संस्थागत विद्यालयका तर्फवाट चार जिपिए ल्याएका दुई जना गरि चार जनालाई नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । कार्यक्रममा प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक विद्यालयहरुसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।
उनले संस्थागत विद्यालयप्रति हेर्ने दृष्टिकोण फरक रहेको जनाउंदै संस्थागत विद्यालयले देशमा गुणस्तरीय शिक्षाका लागि ठुलो योगदान गर्दै आएको दावी गरे ।