‘चमेलीको पोई’को प्रदर्शन मिति तय

–तीन पोष्टर एकैसाथ सार्वजनिक
लोकखबर
२०८२ असार ३२, बुधबार २०:५४

बिदुर–सफल एवं चर्चित निर्देशक एभरेष्ट सुर्य बोहराको नयां चलचित्र ‘चमेलीको पोई’को प्रदर्शन मिति तय भएको छ । यससंगै उक्त चलचित्रको एकै पटक तीन वटा पोष्टसमेत सार्वजनिक भएको छ ।
उक्त चलचित्रको पोस्टर सार्वजनिक र प्रदर्शन मिति एकैपटक गरिएको छ । सो चलचित्र आगामी चैत्र १३ गते रामनवमी पर्वको अवसरमा चैत १३ मा प्रदशृन सुरु गरिने निर्देशक बोहराको भनाई छ ।

नेपालको पर्यटकिय मुस्ताङलगायतका मनमोहक स्थानमा छायांकन गरिएको चलचित्रमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना शाही, रितु मल्ललगायतको अभिनय रहेको छ । लामो समयपछि चर्चिक हास्य कलाकार नारायण त्रिपाठीले यसै चलचित्रमार्फत चलचित्रमा कमव्याक गरेको निर्देशक एभरेष्ट सुर्य बोहराले जानकारी दिए ।

सार्वजनिक ३ पोस्टरमध्ये एउटामा सफल अभिनेत्री सुरक्षा पन्तले चर्चित अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेको छ । अर्को पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् ।
अर्को एउटा पोस्टरमा चलचित्रका प्राय कलाकार देखिएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ ।

सार्वजनिक उक्त पोष्टले मुख्यपात्रमा मुकुन भुषाल, नारायण त्रिपाठी तथा सुरक्षा पन्त मुख्य भुमिकामा रहेको संकेत गरेको छ । सार्वजनिक पोस्टरले चलचित्र चमेलीको पोइको कथावस्तु हास्य जानरा र सस्पेन्स रहेको वुझाएको छ ।

चमेलीको पोइको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्यायले लगानी गरेका छन् ।
यस चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा र रितु मल्ल ठकुरी तथा चलचित्रको लाइन प्रोड्युसर धनलक्ष्मी बोहरा रहेका छन् । सहनिर्मातामा यम ओली, सुदीप कुवँर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदीपकुमार सापकोटा छन् ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको