नायक शिव श्रेष्ठसहित १५ जना पुरस्कृत

– वोर्डद्वारा पुरस्कारसहित सम्मान
लोकखवर मनोरन्जन संवाददाता
२०८२ कार्तिक २४, सोमबार २२:१४

बिदुर– नायक शिव श्रेष्ठसहित १५ जना कलाकार तथा चलचित्रकर्मी पुरस्कृत भएका छन् । उनीहरुलाई पुरस्कारसहित सम्मान गरिएको छ । चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा नायक श्रेष्ठसहित कलाकारितामा क्रिाशील र दिवंगतहरुलाई छनौट गरि सोमवार सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२ प्रदान गरेको होे ।

सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा उल्लेखनीय योगदान पु¥याएका नायक श्रेष्ठसहित १५ जना चलचित्रकर्मीलाई सूचना तथा सन्चार प्रविधिमन्त्रि जगदीश खरेलले कार्यक्रमकावचि सम्मानित तथा पुरस्कृत गरेका हुन् । पुरस्कृत चलचित्रकर्मीहरूमा नायक शिव श्रेष्ठ, कलाकार स्व. केशव भट्टराई (मरणोपरान्त), कलाकार सबिता गुरुङ, निर्देशक तीर्थ थापा, निर्माता/निर्देशक युवराज लामा, संगीतकार/गायक/निर्देशक, कलाकार यस कुमार, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बु, निर्देशक सम्झना रौनियार, कलाकार हेमन्त बुढाथोकी, निर्माता किशन पोखरेल र नायक नाजिर हुसेन रहेका छन् ।

यसैगरि, निर्देशक रिमेश अधिकारी, रंग संयोजक/प्राविधिक रेनीश फागो, गायिका अन्जु पन्त पुरस्कारसहित सम्मानित भएका छन् । कार्यक्रममा चलचित्रकर्मीहरुलार्य मन्त्रि खरेल, सन्चार सचिव राधिका अर्याल, आयोजक चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीलगायतले “सांस्कृतिक रूपान्तरण पुरस्कार” प्रदान गरेका हुन् । बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा विशेष कार्य गरेका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको अधयक्ष डिसीले वताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै सवै मिलेर चलचित्र क्षेत्रलाई विशेष वनाउन आग्रह गरे । उनले बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा यसको क्रियाशीलतामा जोड दिन सवै पक्षलाई आग्रह गरे ।

उनले वोर्डका अध्यक्ष डिसीले विशेष कामको सुरुवात गरेर चलचित्र क्षेत्रको इतिहासमा नयां इट्टा थप्ने अपेक्षा सरकारले गरेको वताउंदै अव चलचित्र क्षेत्रले नयाँ मोड र रप्mतार लिनेमा आफु निश्चिन्त भएको वताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै यसमा आवस्यक सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने वताइन् ।

कार्यक्रममा पुरस्कृत १५ जना व्यक्तित्वलाई खादा, र जनही नगद २० हजार रुपैया पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो । पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका छन् । सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बोर्ड अध्यक्ष दिनेश डिसीले सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।


सर्वाधिक रुचाइएको