छाला चम्काउन खानुहोस् यी फलफूल
उमेरसँगै छाला पनि चाउरिँदै जान्छ र बिस्तारै यसको चमक हराउँछ । त्यसैले छाला चम्काउनका लागि कृत्रिम पदार्थ प्रयोग गर्नुभन्दा फलफूलको सेवन गर्नु राम्रो हुन्छ । छाला चम्काउनका लागि प्राकृतिक रूपमा फलफूलको सेवन गर्दा छाला मात्रै चम्कँदैन, यसले तपार्इंको स्वास्थ्ययलाई समेत फाइदा गर्छ । छाला चम्काउनका लागि खानुपर्ने पाँच फलफूल यी हुन् :
सुन्तला : सुन्तलामा भिटामिन सी पर्याप्त हुन्छ । सुन्तलाको जुस पर्याप्त मात्रामा पिउनाले उमेर बढ्दा हुने प्रभाव कम हुन्छ । तपाईंले सुन्तलालाई आफ्नो छालामा समेत घोट्न सक्नुहुन्छ । यसो गर्दा दाग, खटिरासमेत मेटिन्छन् । तपार्इंले आफ्नो छालामा यसको बोक्रा धस्दासमेत स्वास्थ्यका लागि फाइदा हुन्छ ।
स्याउ : तपाईंको छालामा चमक ल्याउन स्याउमा पर्याप्त पोषणयुक्त तत्व हुन्छ । यसमा कपर र भिटामिन सी हुन्छ, जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउमा पाइन्छ ।
मेवा : मेवालाई फलफूलको राजासमेत भनिन्छ । यसमा थुप्रै न्युटिसियन हुन्छ । यसले तपाईंको मुटुको सुरक्षा गर्नेदेखि वजन घटाउनेसम्म काम गर्छ । यसले तपाईंको छालालाई फ्रेस बनाउँछ । यदि तपाईंले मेवाको कालो बियाँ फाल्ने गर्नुभएको छ भने याद राख्नुस्, त्यसले टोक्सिन्स हटाउँदै तपाईंको छालामा मरेका सेल्सलाई हटाउने काम गर्छ ।
खर्बुजा : फलफूलले छालालाई भरिपूर्ण मात्र बनाउँदैन, स्वच्छ र स्वस्थसमेत बनाउँछ । खर्बुजामा रहेको भिटामिन सी र भिटामिन एले तपाईंको उमेर बढेको अनुभव हुन दिँदैन । भिटामिन एले तपाईंको छालामा रहेका स–साना प्वाललाई हटाउने काम गर्छ । खर्बुजा सेवनले तपाईंको
अनार : यसमा रहेको ओमगा थ्री एसिडले छालाका सेल्सलाई परिवर्तन गराइरहन भूमिका खेल्छ । त्यस्तै, यसमा पुनिकिक एसिड, इलाजिक एसिड र एन्टिओक्सिडेन्ट्स रहेका हुन्छन् । अनारले रेड ब्लड सेल्स अर्थात् आरबिसी बढाएर रक्तसञ्चारमा समेत मद्दत पु-याउँछ । यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स हुन्छन् । यसले सुक्खा छालालाई फ्रेस बनाउँछ ।