गजल
किन दख्खल गरौं
आऊ निष्कर्षमा पुग्न,भेटौँ छलफल गरौँ
कि त यसै थाँती राखौँ , कि त हल गरौँ
कतिसम्म कठोर मन रहेछ यार, तिम्रो
मिल्छ भने यो मन संँग फेरवदल गरौँ
गुम्ने डर ,पाउने इच्छा ,सबै भागिसक्यो
फेरि पनि देउता सामु के भाकल गरौँ ?
प्रस्ताव राख्यौ तिमीले प्रेम गर्छु भनी
जानेर आफैंलाई म किन पागल गरौँ
तिम्रो जीवन ,तिम्रो मन,गर आफू खुसी
अनावश्यक म आएर किन दख्खल गरौं ?
– इलाम ।












































