जाडो याममा बच्चाको सुरक्षा यसरी

लोकखबर
२८ पुष २०७५, शनिबार ०३:१६

अहिले जाडोयाम छ । यो मौसममा सबै सुरक्षित हुनु छ । जाडोमा न्यानो हुनका लागि हामी तातो तातो कपडा लगाउँछौं । तातोपानीमा नुहाउँछौं । यो बेलामा स्वास्थ्यमा ध्यान दिइएन भने विभिन्न प्रकारका रोग लाग्ने जोखिम पनि उत्तिक्कै हुन्छ । जाडो याममा बालबच्चालाई विशेष सुरक्षा गर्नुपर्छ । जाडो याममा कसरी गर्ने त बच्चाको सुरक्षा ?
१.यो बेलामा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउने ।
२.बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने ।
३.रुघा लागेको मान्छेसँग घुलमिल नगराउने ।
४.बासी खानेकुरा नखुवाउने ।
५.चिसो चिज सकेसम्म नदिने ।
६. उमालेको पानी पिउन दिने ।
७.बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने ।
८.बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने ।
९.कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने ।
१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निस्कने ।
११.जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म नपार्ने ।
१२.बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ । त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउने ।
१३.सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक खुवाउने ।
१४. तातो बाक्लो दाल खुवाउने गर्नाले बच्चाहरु स्वस्थ हुने भएकाले तातो बाक्लो दाल खुवाउने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*