चौंथो विराट फिल्म अवार्ड सम्पन्न

– विजय वराल र केकी अधिकारी उत्कृष्ट
लोकखवर मनोरन्जन संवाददाता
२०८२ फाल्गुन १७, आईतवार ०२:३४

बिदुर– चलचित्र तथा कलाकारहरुको प्रवद्र्धनका लागि आयोजित चौथो ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड’ सम्पन्न भएको छ । उत्कृष्ट अभिनेतामा विजय बराल र उत्कृष्ट अभिनेत्री केकी अधिकारी भएका छन् । यससंगै ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको हो ।

नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको उक्त अवार्ड चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हाको प्रमुख आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ मा चलचित्र र गीत संगीत गरी ३६ वटा विद्यामा अवार्ड प्रदान गरिएको थियो । सङ्गीततर्फ २४ विद्या र चलचित्रतर्फ १२ विद्यामा अवार्ड प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डको सहकार्य रहेको अवार्ड कार्यक्रम सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा गरिएको हो । यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शनमा आएका चलचित्र तथा सार्वजनिक गीत–संगीतलाई समावेश गरिएको थियो । कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले यस कार्यक्रममा चलचित्र तथा कलाकारहरुको प्रवद्र्धन हुनुका साथै हौसला, उत्साहमा उचाइ वढेको वताए । ‘सेलिब्रेटी नेपाल प्रतिष्ठान’ का अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षता सम्पन्न कार्यक्रममा निर्देशक शुभाषप्रसाद गजुरेललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ सहित नगद २५ हजार ५ सय ५५ रुपैया प्रदान गरियो ।

निर्देशक तथा सम्पादक रक्षा सिंहराणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा र गायक नवीनकुमार पौडेल जुरी टिम रहेको सो अवार्ड कार्यक्रममा लेखक तथा निर्देशक काजी लिम्बु, कलाकार श्रेया दुलाल, निर्माता सुनीता सापकोटा, रामनारायण उपाध्याय र बिज्ञान श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । अभिनेता विजय बराल र अभिनेत्री केकी अधिकारीलाई उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड प्रदान गरिएको होे ।
पत्रकार कृष्ण भट्टराई सम्मानित भएका छन् । उत्कृष्ट चलचित्रमा सतीदेवी, उत्कृष्ट निर्देशकमा मिलन चाम्स (अञ्जिला), .उत्कृष्ट अभिनेता विजय वराल (पूर्ण बहादुरको सारंगी), .उत्कृष्ट अभिनेत्री केकी अधिकारी (बोक्सीको घर), .उत्कृष्ट सह–अभिनेत्री सृजना अधिकारी (सतीदेवी), उत्कृष्ट छायाँकार पुरुसोत्तम प्रधान (पिताम्बर), उत्कृष्ट सम्पादक सन्देश शाह (ज्वाईं साव), उत्कृष्ट संगीतकार आशिष अविरल रैयाँ चाँदीको ( पूर्ण बहादुरको सारंगी) र .उत्कृष्ट सह अभिनेतामा कामेश्वर चौरसिया (फेरी रेशम फिलिली) रहेका छन् ।

.उत्कृष्ट पटकथा संवादतर्फ लक्ष्मण सुवेदी (सतीदेवी), उत्कृष्ट रंग संयोजनमा राजेन्द्र मोक्तान (अञ्जिला), उत्कृष्ट इन्करेज्मेंट अवार्ड बाल कलाकारमा मंजिला बानियाँ र हर्षिका ओली (सतीदेवी) ले अवार्ड जिते । संगीत तर्फ उत्कृष्ट गायक आधुनिकतर्फ रुद्रशेखर शर्मा (के छ सान्नानी), जुरी अवार्ड शशीविक्रम थापा (तिम्रै कारण), .उत्कृष्ट गायिका आधुनिक अन्जु पन्त (थाहै थिएन दिल), उत्कृष्ट संगीतकार मनोज चौलागाई, उत्कृष्ट गीतकार आधुनिक प्रतिमा गुरुङ (न जिउन सकें न मर्न सकें), जुरी अवार्ड सरिता सापकोटा (बेखबर), उत्कृष्ट मोडल आधुनिक माधव केसी (अजम्बरी माया), जुरी अवार्ड आर्यन राउत (पिर प¥या छ) र पब्लिक च्वाइस अवार्ड इश्वरवल्लभ उप्रेती (आदत बन्यौ) ले अवार्ड पाए ।

उत्कृष्ट मोडल आधुनिक महिला नेहा गौतम (तिम्रो झझल्को), उत्कृष्ट मेकअप आर्टिष्ट प्रिया नगरकोटी (मेरो घरको मुन्तिर), उत्कृष्ट म्युजिक भिडियो निर्देशक राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर), जुरी अवार्ड विनयराज पौडेल (हेर्दा हेर्दै), उत्कृष्ट छायाँकार म्युजिक भिडियो मदन काश्यप घिमिरे (अजम्बरी माया), उत्कृष्ट गीतकार पप अनुप महर्जन (अँध्यारो रातमा), उत्कृष्ट गायन लोक चन्द्र लामा (मुटुमा बसेकी माया), उत्कृष्ट छायाँकार पप भिडियो मिलन थापा ‘शान्त’ (अध्यारो रातमा) ले अवार्ड जितेका छन् । यस्तै, उत्कृष्ट मोडल भोजपुरीतर्फ सद्दाम हुसेन (कमर धके), उत्कृष्ट गीतकार गजल तुलाराम लामिछाने (समय खराव छ), उत्कृष्ट कोरियोग्राफर म्युजिक भिडियो सुरेश पाण्डे (जवानीले पोल्यो), सर्बोकृष्ट गायक (लोक पप ) दिनेश भारती (चन्द्रकुमारी), भाषाभाषी चलचित्र तलासबाट उत्कृस्ट अभिनेता राजकुमार लिङ्ग्देन, उत्कृष्ट मोडल भाषा भाषी गीत विपना आङ्ग्वुहाङ्ग (सुंगुरको मासुमा) र उत्कृष्ट निर्देशक भाषाभाषी चलचित्रतर्फ दिनेश लिङ्ग्देन (दुस्प्रयास) ले अवार्ड जितेका छन् ।

 


सर्वाधिक रुचाइएको