एकैपटक चलचित्र सम्वन्धि दुई प्रशिक्षण

– स्वराभिनय र क्षमता अभिवृद्धि तालिम सन्चालन
लोकखवर मनोरन्जन संवाददाता
२०८२ चैत्र २, सोमबार ००:५९

बिदुर– चलचित्र प्राविधिकहरुको क्षमता विकासका लागि चलचित्र विकास बोर्डमा एकैपटक दुई वटा प्रशिक्षढा कार्यक्रम सन्चालन भएको छ । स्वराभिनय र क्षमता अभिवृद्धि तालिम सन्चालन भएको होे । नेपाली चलचित्र क्षेत्रको प्राविधिक गुणस्तर तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले एकैपटक ति दुई महत्वपूर्ण तालिम कार्यक्रम सन्चालन गरेको हो ।

हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दी को प्रमुख प्रशिक्षणमा ३ दिने “भ्वाइस एक्टिङ एण्ड डबिङ” तालिम सन्चालन भएको हो । उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका एकसय ६६ जना कलाकार तथा प्राविधिकहरू उत्साहजनक रूपमा सहभागी भएका छन् । तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, सम्वाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रियासम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको छ ।

यसैगरी, बोर्डमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनलाई विशेष प्रभावकारी बनाउने तथा सेवा प्रवाहलाई गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले “कर्मचारी क्षमता अभिवृद्धि तालिम” समेत एकैपटक सुरु गरिएको छ । तालिममा टिप्पणी लेखन, वैज्ञानिक फाइलिङ प्रक्रिया, बैठक व्यवस्थापन, प्रतिवेदन लेखन, अवधारणापत्र तथा कार्यशर्त तयारी, प्रभावकारी प्रस्तुतीकरण, व्यावसायिक व्यवहार, स्व–व्यवस्थापन तथा कार्यालय व्यवस्थापन लगायतका विषय समेटिएका छन् । उक्त तालिमका प्रशिक्षकका रूपमा प्रमोद निरौला, शितल मोक्तानतामाङ र उत्तम आचार्य रहेका छन् ।

ति कार्यक्रमहरूले नेपाली चलचित्रको प्राविधिक दक्षता, संस्थागत क्षमता तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । वोर्डले यस वर्ष चलचित्र सम्वन्धि विभिन्न प्रशिक्षणहरु प्रदान गरिरहेको छ ।

 


सर्वाधिक रुचाइएको