कविता : म

अंशु कार्की
३ चैत्र २०७५, आईतवार १८:४०


लाखौ ठक्करह खाएर पनि
हमेशा सम्हालिरहन्छु

लड्छु फेरि उठ्छु ,लड्छु
फेरि उठ्छु तर हिडिरहन्छु

ग्रह-नक्षत्र चाहे जेसुकै लेखिएको
होस मेरो कुण्डलीमा

आफ्नो हिम्मत र हौसलालाई नगुमाएर
आफ्नो नशिव बदलिरहन्छु

तुफान मा तास को घर बन्दैन
रोएर बिग्रीएको भाग्य बन्दैन ?
दुनियालाई जित्ने हौसला राख
एउटा हार ले कोहि बर्बाद र
एउटा जित ले कोहि बिश्व
बिजेता अलेक्जेन्डर बन्दैन

थाहा छ अन्तिम गन्तव्य मृत्यु हो
हरेक कुरा सहेर पनि अघि बढी रहन्छु म…।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*